अर्जेन्टिनाको जितमा मेड्रिड पनि खुशी

एजेन्सी । आगामी वर्ष रसियामा हुने फिफा विश्वकपका लागि दक्षिण अमेरिकी छनौटतर्फ लियोनल मेसीको ह्याट्रिकको सहयोगमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना विश्वकपका लागि छनौट भएको थियो । मेसी र अर्जेन्टिनाको यो सफलतामा स्पेनीस जायन्ट रियल मेड्रिड पनि खुशी छ ।

स्पेनीस आउटलेट डन बालोनका अनुसार मेड्रिडलाई अर्जेन्टिना विश्वकपमा छनौट नहुने हो कि भन्ने चिन्ता थियो । अर्जेन्टिना विश्वकपमा छनौट भएसँगै मेसी राष्ट्रिय टोलीका लागि पनि व्यस्त रहने र यसले रियललाई स्पेनीस ला लिगाको उपाधि दौडमा फर्कन सहयोग पुग्ने आशा गरेको छ ।

हाल स्पेनीस ला लिगाको नयाँ सिजनमा मेसी कै उत्कृष्ट प्रदर्शनको सहयोगमा बार्सिलोना शिर्ष स्थानमा छ ।

इक्वेडरविरुद्धको खेल पश्चात् मेसीले भनेका थिए “हामी आगामी विश्वकपको फाइनलमा पुग्न चाहन्छौं र हामी त्यसको हकदार समेत हौं । मलाई लाग्छ छनौट चरणमा हामी जुन परिस्थितिबाट गुज्रिदै विश्वकपमा छनौट हुन सफल भयौं, त्यसले पनि यो कुरा प्रमाणित गर्छ कि हामी आगामी विश्वकपमा फाइनलको हकदार हौं ।

सबैभन्दा महत्वपूर्ण कुरा त सबै हामीले सोंचे जस्तै भयो । सबै मिलेर एक दिशामा अघि बढेपछि त्यसमा सफलता पक्कै पनि पाईन्छ । यो सफलतासँगै प्रशिक्षक (जर्ज साम्पाओली) पनि खुशी छन् ।”

 


प्रतिक्रिया दिनुहोस

Loading...