यु–१७ विश्वकपमा आयोजक भारतको चुनौति समाप्त

बलका लागि भिड्दै भारत (निलो) र घाना (सेतो) का खेलाडीहरु । (तस्विर फिफा)

एजेन्सी । आयोजक भारत जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा एउटै खेल नजिति समूह चरणबाटै बाहिरिएको छ ।

बिहीबार भएको समूह ए तर्फको अन्तिम खेलहरुमा भारत घानासँग ४–० ले पराजित हुन पुग्यो । त्यस्तै समूहको अर्को खेलमा कोलम्बियाले अमेरिकालाई ३–१ ले हराउन सफल भयो ।

बिहीबारको नतिजासँगै समूह ए बाट घाना, कोलम्बिया र अमेरिका गरी तीन टोली नकआउट चरणमा प्रवेश गर्न सफल भएका छन् ।

तीन खेलबाट २ जित र १ पराजय बेहोरेका घाना, कोलम्बिया र अमेरिकाको समान ६–६ अंक छ र गोलभिन्नताका आधारमा क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रतियोगितामा उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने चार टोलीले पनि नकआउट चरणमा प्रवेश गर्न सफल हुने छन् । सोही प्रावधान अनुसार समूह ए बाट एक उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोली नकआउट चरणका लागि छनौट भएको छ ।

उता आफूले खेलेको तीनै खेलमा हार बेहोरेको भारत भने अंकविहीन पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...