पाराग्वे र माली नकआउट चरण प्रवेश गर्न सफल

टर्कीविरुद्ध गोल गरेपछि खुशीयाली मनाउँदै पाराग्वेका खेलाडीहरु । (तस्विर फिफा)

एजेन्सी । भारतमा जारी फिफा यु–१७ विश्वकपको समूह बी बाट पाराग्वे र माली नकआउट चरणमा प्रवेश गर्न सफल भएका छन् ।

बिहीबार भएको समूह चरणको अन्तिम खेलमा पाराग्वेले टर्कीलाई तथा मालीले न्युजिल्याण्डलाई समान ३–१ को गोलअन्तरले पराजित गर्दै नकआउट चरण प्रवेश गर्न सफल भएका हुन् ।

शतप्रतिशत जितका साथ ३ खेलबाट ९ अंक जोडेको पाराग्वे समूह बी को विजेता बन्यो भने ६ अंक जोडेको माली उपविजेता बन्यो ।

त्यस्तै समान १–१ अंक जोडेका न्युजिल्याण्ड र टर्की क्रमश तेस्रो र चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...