हेमस्ट्रिङ चोट पश्चात पहिलो पटक अभ्यासमा फर्किए पोग्वा

एजेन्सी । हेमस्ट्रिङ चोटका कारण करिब महिना दिन मैदान बाहिर रहेका चर्चित फ्रेन्च मिडफिल्डर पाउल पोग्वा हल्क अभ्यासका लागि फर्किएका छन् ।

पोग्वाले आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा केही भिडियो पोष्ट गरेका छन् । जसमा कुनैमा उनी टे«डमिलमा दौडीरहेका छन् भने कुनैमा जिममा पसिना बगाईरहेको देखिन्छ ।

म्यानचेष्टर युनाइटेडका व्यवस्थापक जोसे मोउरिन्होले पोग्वा कहिले मैदानमा फर्कने हुन् त्यो बारे भने निश्चित रपमा केही भनेका छैनन् । तर उनका अनुसार २४ वर्षिय पोग्वा ज्लाटन इब्राहिमोविच र मार्कोस रोजो जस्तै लामो समयसम्मका लागि मैदान बाहिर रहन सक्ने बताउँछन् ।

स्रोतका अनुसार फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसचेम्पसले आगामी ६ नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय भिडन्तका लागि पोग्वा फिट हुन नसक्ने अनुमान गरेका छन् । यसको मतलब उनी अक्टुबर र नोभेम्बरको शुरुवाती दुई हप्ता मैदानमा फर्कने अनिश्चित छ ।

च्याम्पियन्स लिग अन्तरगत घरैमा भएको समूह चरणतर्फ बासेलविरुद्धको खेलमा चोटिल बनेका पोग्वाले हालसम्म युनाइटेडका लागि पाँच खेल मिस गरिसकेका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...