यी तीन युवा स्टारलाई भित्राउन अहिलेदेखि नै रियलको तयारी !

बाँयाबाट क्रमशः अली, डिबाला र अलाबा ।

एजेन्सी । स्पेनीस र युरोपियन फुटबलमा आफ्नो दबदबा कायम राख्ने प्रयासमा रहेको रियल मेड्रिडले खेलाडी अनुबन्धका लागि अहिले देखि नै तयारी सुरु गरेको छ ।

स्रोतका अनुसार रियलको ध्यान अहिले टोटेनह्यामका डेले अली, युभेन्ट्सका पाउलो डिबाला र बायर्न म्युनिखका डेविड अलावामाथि केन्द्रित छ ।

यस सिजन खराब सुरुवात गरेको साविक विजेता रियल ला लिगाको अंक तालिकामा सात खेलबाट १४ अंक जोड्दै पाँचौं स्थानमा छ । जुन रियलको चिरप्रतिद्वन्द्वी बार्सिलोनाभन्दा सात अंकले पछि समेत हो ।

हाल क्लबको खराब प्रदर्शनलाई मध्यनजर गर्दै रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र व्यवस्थापक जिनेदिन जिदानले आगामी समर ट्रान्सफरका लागि तयारी गर्न सुरु गरिसकेका छन् ।

यी तीन खेलाडीबाहेक रियलको नजर चेल्सीका इडेन हजार्ड, एटलेटिको मेड्रिडका एन्टोइन ग्रीजमन र टोटेनह्यामकै हेरी केन माथि पनि छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...