“मेसीलाई यति नजिकबाट देख्न पाउँदा आफूलाई भाग्यमानी ठान्दछु”: डिबाला

डिबाला (बाँया) तथा मेसी (दाँया) । (तस्विर एजेन्सी)

एजेन्सी । अर्जेन्टिनाका स्टार युवा फरवार्ड पाउलो डिबालाले आफ्नो टिममेट तथा स्टार फरवार्ड लियोनल मेसीको शानदार प्रदर्शनलाई यति नजिकबाट हेर्न पाउँदा आफूलाई भाग्यमानी महशुस गरेको बताएका छन् ।

विश्वकपको छनौट चरणबाटै बाहिरिने संघारमा पुगेको अर्जेन्टिनाले इक्वेडरविरुद्धको महत्वपूर्ण खेल खेल्दा मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई रसिया विश्वकपका लागि छनौट गराएका थिए ।

उक्त खेलमा वैकल्पिक खेलाडीका रुमा बेन्चमा रहेका डिबालाले मेसीको जादुयी प्रदर्शनलाई लिएर खुशी व्यक्त गरे ।
इटालियन सिरि ए च्याम्पियन युभेन्ट्सका यी २३ वर्षिय स्टारले अर्जेन्टिनाको आधिकारिक सामाजिक सञ्जालमार्फत भनेका छन “मैले मेसीको साथ पाउँदा र मेसी कै नजिक हुन पाउँदा आफूलाई निकै भाग्यमानी ठानेको छु ।”

इक्वेडरविरुद्ध अर्जेन्टिनाले हात पारेको त्यो जित दक्षिण अमेरिकी विश्वकप छनौट अन्तरगतको आफूले खेलेको १८ खेल मध्ये सातौं जित थियो ।

विश्वकपमा छनौट भए तापनि अर्जेन्टिना छनौट तालिकाको शिर्ष स्थानमा रहेको ब्राजीलभन्दा १३ अंकले पछि पदै विश्वकपका लागि छनौट भएको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...