भारत एएफसी एसियन कपका लागि छनौट

(तस्विर एएफसी)

एजेन्सी । छिमेकी मुलुक भारत सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपका लागि चौथो पटक छनौट हुन सफल भएको छ ।

समूह ए मा रहेको भारतले बुधबार मकाउलाई ४–१ ले पराजित गर्दै एसियन कपका लागि आफ्नो स्थान सुरक्षित गरेको हो ।

बैंगलोरमा सम्पन्न खेलमा भारतका लागि रोलिन बर्गेस, सुनिल क्षेत्री र जेजे लालपेखलुवाले एक–एक गोल गरे भने थप एक गोल मकाउले आत्मघाति रुपमा खान पुगेको थियो । उता पराजित मकाउका लागि एक मात्र सान्त्वना गोल निकी टोराओले गरे ।

जितसँगै ४ खेलबाट १२ अंक जोडेको भारत शिर्ष स्थानमा छ र एसियन कपका लागि दुई खेल अगावै छनौट भएको छ ।

एक खेल कम खेल्दै ४–४ अंक जोडेका किर्गिस्तान र म्यानमार क्रमश दोस्रो र तेस्रो स्थानमा छन् भने अंकविहीन मकाउ पुछारमा छ ।

भारतले यसअघि कतारमा भएको सन् २०११ को एसियन कपमा खेलेको थियो । जहाँ उसले कुनै खेल नजिती समूह चरणबाटै बाहिरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...