इङल्याण्ड र फ्रान्स नकआउट चरणमा प्रवेश

मेक्सिकोविरुद्ध गोल गरेपछि खुशी मनाउँदै इङल्याण्डका खेलाडीहरु । (तस्विर फिफा)

एजेन्सी । भारतमा जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा दुई दावेदार टोली इङल्याण्ड र फ्रान्सले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

समूह एफ मा रहेको इङल्याण्डले लगातार दोस्रो जित हात पार्ने क्रममा मेक्सिकोलाई ३–२ ले पराजित गर्यो ।

जितसँगै २ खेलबाट ६ अंक जोडेको इङल्याण्ड एक खेल अगावै नकआउट चरणमा पुग्न सफल भएको हो ।

उता समूह ई मा रहेको फ्रान्सले जापानलाई २–१ ले हराउँदै अंकतालिकाको शिर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

उता पराजयका बावजुद एक जितका साथ दोस्रो स्थानमा रहेको जापानको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायम छ ।


प्रतिक्रिया दिनुहोस

Loading...