ड्रेसिङ रुमभित्र मेसी र अर्जेन्टिनी फुटबल टोलीले खुशीयाली भिडियो चर्चित बन्दै (भिडियो सहित)

एजेन्सी । रसिया विश्वकपका लागि दक्षिण अमेरिकी छनौटतर्फ मंगलबार राती अर्जेन्टिनाले इक्वेडरविरुद्ध हात पारेको ३–१ को जितले अहिले विश्व फुटबलमा चर्चा पाइरहेको छ ।

छनौट चरणबाटै बाहिरिने संघारमा पुगेको अर्जेन्टिनालाई स्टार फरवार्ड तथा कप्तान लियोनल मेसीले उत्कृष्ट ह्याट्रिक गर्दै जोगाए ।

मेसीको उक्त ह्याट्रिकसँगै छनौट चरणबाटै बाहिरिने संघारमा पुगेको अर्जेन्टिनी टोली सोझै विश्वकपका लागि छनौट भयो ।

रेफ्रिले खेल सकिएको सिटी फुके लगतै अर्जेन्टिनी खेलाडी तथा समर्थकहरुले खुशीयाली मनाउन थाले ।

यद्यपि त्यो खुशीयाली अर्जेन्टिनी फुटबल टोलीको ड्रेसिङ रुममा विशेष देखियो । ड्रेसिङ रुमभित्र मेसी सहित अर्जेन्टिनी टिमले खुशीयाली मनाईरहेको भिडियो अर्जेन्टिनी टोलीकै एक सदस्य जेभियर मस्चरान्होले क्यामरामा कैद गरे । जुन अहिले चर्चित बनिरहेको छ ।

हेर्नुहोस मेसी लगायत अर्जेन्टिनी फुटबल टोलीको ड्रेसिङ रुमभित्रको खुशीयाली:


प्रतिक्रिया दिनुहोस

Loading...