फिफाद्वारा पाकिस्तान फुटबल फेडेरेशन निलम्बित

एजेन्सी । विश्व फुटबलको नियमनकारी संस्था फिफाले पाकिस्तान फुटबल फेडेरेशन (पिएफएफ) लाई निलम्बन गर्ने निर्णय गरेको छ ।

पाकिस्तानी फुटबलको कार्यालय तथा आर्थिक कारोबार सम्बन्धी सबै अधिकार पाकिस्तानको अदालतले आफ्नो मातहतमा लिएपछि फिफाले पाकिस्तानी फुटबललाई तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

साथै पाकिस्तानी फुटबलमा देखिएको हालको अवस्था पून सामान्य अवस्थामा नआउन्जेल पाकिस्तानी फुटबलमाथिको निलम्बन जारी रहने फिफाले जनाएको छ ।

यो निलम्बनसँगै पाकिस्तान फुटबल फेडेरेशनले फिफासँगको सबै सदस्यता अधिकार समेत गुमाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...