प्यालेस्टाईनद्वारा भुटानविरुद्ध गोलको बर्षा

भुटानविरुद्ध गोल गरेपछि प्यालेस्टाईनका खेलाडीहरु । (तस्विर : एएफसी)

एजेन्सी । एएफसी एसियन कप छनौट अन्तरगत दक्षिण एसियाली मुलुक भूटानले प्यालेस्टाईनको हातबाट फराकिलो हार बेहोरेको छ ।

मंगलबार समूह डी तर्फ प्यालेस्टाईनको घरेलु मैदान डोरा अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा भुटानले घरेलु टोलीसँग ०–१० को फराकिलो हार बेहोरेको हो । हारसँगै भूटान पनि छनौट चरणबाटै बाहिरिने लगभग निश्चित भएको छ ।

त्यसैगरी मंगलबार नै भएका अन्य खेलहरुमा समूह ए तर्फ म्यानमार र किर्गिस्तानले २–२ गोलको बराबरी खेलेका छन् ।

समूह बी तर्फ हङकङले मलेसियालाई २–० ले पराजित गरेको छ भने लेबनानले उत्तर कोरियालाई ५–० को फराकिलो अन्तरले हराएको छ ।

समूह सी तर्फ अफगानिस्तानले बलियो जोर्डनलाई ३–३ गोलको बराबरीमा रोकेको छ भने भियतनामले कम्बोडियालाई ५–० ले पराजित गरेको छ ।

त्यस्तै समूह ई तर्फ चाईनिज ताइपेईले बहराईनलाई तथा तुर्कमेनिस्तानले सिंगापुरलाई समान २–१ गोल अन्तरले पराजित गरेको छ ।

उता नेपाल र ताजिकिस्तानसँगै समूह एफ मा रहेको यमन र फिलिपिन्सले १–१ गोलको बराबरी खेलेका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...