जारी यु–१७ विश्वकप फुटबलमा स्पेनको पहिलो जित

स्पेनका लागि गोल गरेपछि अबेल रुईज (दाँया) । खुशी मनाउँदै । (तस्विर : फिफा)

एजेन्सी । फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा स्पेनले नाइजरमाथि ४–० को रवाफिलो जित हात पारेको छ ।

मंगलबार प्रतियोगितामा पहिलो जित हात पार्ने क्रममा स्पेनका लागि कप्तान अबेल रुईजले २ गोल गरे । त्यस्तै सिजर अलबर्ट र सर्जियो गोमेजले एक–एक गोल गरे ।

आफ्नो पहिलो खेलमा ब्राजीलसँग पराजित स्पेनले यो जितसँगै समूह डी को दोस्रो स्थानमा उक्लिएको छ ।

त्यसैगरी मंगलबार नै भएको समूह सी तर्फको पहिलो खेलमा कोस्टारिका र गुएनाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...