आइसल्याण्ड पहिलो पटक विश्वकपका लागि छनौट

विश्वकपका लागि छनौट भएपछि समर्थकलाई अभिभावदन फर्काउँदै आइसल्याण्डका खेलाडीहरु । (तस्विर एजेन्सी)

एजेन्सी । गतवर्ष फ्रान्समा सम्पन्न युरोमा पहिलोपटक सहभागिता जनाउँदै सनसनी मच्याएको आइसल्याण्डले आगामी वर्ष हुने रसिया विश्वकपका लागि पनि पहिलो पटक आफ्नो स्थान पक्का गरेको छ ।

समूह आई तर्फको अन्तिम खेलमा कोसोभोलाई २–० ले हराउँदै आइसल्याण्डले रसिया विश्वकपको यात्रा तय गर्न सफल भएको हो । विश्वकपमा छनौट भएसँगै आइसल्याण्ड विश्वकप खेल्ने सबैभन्दा सानो देश समेत बनेको छ ।

सोही समूहको अन्य खेलमा क्रोएशियाले युक्रेनलाई २–० ले हरायो भने फिनल्याण्ड र टर्कीले २–२ गोलको बराबरी खेले ।

सर्बिया पनि विश्वकपका लागि छनौट

समूह डी बाट जर्जियालाई ०–१ ले हराउँदै २१ अंकका साथ शिर्ष स्थानमा रहेर सर्बिया पनि विश्वकपका लागि सोझै छनौट हुन सफल भएको छ ।

सोही समूहको अन्य खेलमा आयरल्याण्डले वेल्सलाई १–० ले हराउँदै प्ले अफ खेल्ने सम्भावना सुनिश्चित गर्यो भने अष्ट्रियाले माल्डोभालाई समान १–० ले पराजित गर्यो ।

पूर्व विश्वविजेता इटालीले प्ले अफ खेल्ने

त्यस्तै युरोपियन छनौट अन्तरगत नै सोमबार समूह जी तर्फ अल्बानियालाई १–० ले हराउँदै पूर्व विश्वविजेता इटालीले प्ले अफ खेल्ने भएको छ । सोही समूहमा रहेको मेसिडोनियाले लिचेस्टाईनलाई ४–० ले हरायो भने विश्वकपका लागि छनौट भईसकेको स्पेनले इजरायललाई १–० ले पराजित गर्यो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...