फिफा यु–१७ विश्वकपमा भारतको लगातार दोस्रो हार

भारत (निलो) र कोलम्बियाका खेलाडी बलका लागि भिड्दै । (तस्विर फिफा)

एजेन्सी । जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा आयोजकले भारतले लगातार दोस्रो खेलमा पनि पराजय बेहोरेको छ ।

सोमबार जवाहरलाल नेहरु स्टेडियममा कोलम्बियाविरुद्ध सुधारिएको प्रदर्शन गरे तापनि खेलको अन्तिम समयतिर सम्हालिन नसक्दा भारत २–१ गोल अन्तरले पराजित हुन पुगेको हो ।

खेलका ४९ औं मिनटमा कोलम्बियाका लागि हुवाँ पेनालोजाले पहिलो गोल गर्दै टोलीलाई अग्रंता दिलाए तापनि खेलको ८२ औं मिनटमा भारतका लागि थउनाओजम सिंहले हेडद्वारा सुन्दर गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

यद्यपि त्यो गोलको खुशी भारतले धेरै बेर मनाउन सकेन । गोल गरेको एक मिनट भित्रै भारतले दोस्रो गोल खान पुगेको थियो । खेलको ८३ औं मिनटमा डिबक्स नजिकैबाट पेनालोजाले नै कोलम्बियाका लागि दोस्रो तथा निर्णायक गोल गरे ।

समूह ए मा दुई खेले जितको अमेरिका ६ अंकका साथ शिर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । त्यस्तै ३–३ अंक जोडेको कोलम्बिया र घाना दोस्रो र तेस्रो स्थानमा छ भने अंकविहीन भारत पुछारमा छ ।

उता समूह बी मा रहेको पाराग्वेले न्युजिल्याण्डलाई ४–२ ले हराउँदै नकआउट चरणमा आफ्नो स्थान लगभग पक्का गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...