अमेरिका लगातार दोस्रो जितका साथ नकआउट चरण नजिक

घानाविरुद्ध गोल गरेपछि खुशी मनाउँदै अमेरिकाका खेलाडीहरु । (तस्विर फिफा)

एजेन्सी । जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा अमेरिकाले लगातार दोस्रो जित हात पार्दै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।

आफ्नो पहिलो खेलमा आयोजक भारतलाई हराएको अमेरिकाले सोमबार दोस्रो खेलमा घानालाई शून्यकाविरुद्ध १ गोलले पराजित गर्यो ।

अमेरिकाको जितमा दोस्रो हाफको ७५ औं मिनटमा आयो अकिनोलाले एक मात्र निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए ।

उता समूह बी तर्फ मालीले पहिलो जित हात पारेको छ । आफ्नो पहिलो खेलमा पाराग्वेसँग ३–२ ले पराजित मालीले सोमबार टर्कीलाई ३–० ले पराजित गर्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...