बेलन डि’अर २०१७ को मनोनयन सार्वजनिक

एजेन्सी । फ्रान्स फुटबलद्वारा प्रदान गरिदै आएको अन्तर्राष्ट्रिय फुटबलको प्रतिष्ठित अवार्ड बेलन डि अरको मनोनयन सार्वजनिक गरिएको छ ।

वार्षिक रुपमा प्रदान गरिंदै आएको यस प्रतिष्ठित अवार्डका लागि फ्रान्स फुटबलले सोमबार ३० खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो ।

जसमा गत वर्षको विजेता तथा रियल मेड्रिड र पोर्चुगलका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो, बार्सिलोना र अर्जेन्टिनाका लियोनल मेसीलाई नै दावेदार मानिएको छ ।

उता हालै बार्सिलोनाबाट विश्वकिर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन स्टार नेयमारले पनि रोनाल्डो र मेसीलाई कडा टक्कर दिने कतिपयको अनुमान छ ।

मनोनयनमा परेका यी ३ मध्ये रियल मेड्रिडका क्रोएसियन स्टार लुका मोड्रिच, युभेन्ट्सका अर्जेन्टिनी फरवार्ड पाउलो डायबला, रियल मेड्रिड कै ब्राजिलियन डिफेन्डर मार्सेलो र इङलिस च्याम्पियन चेल्सीका फ्रेन्च मिडफिल्डर एन्गोलो कान्टे छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...