चिलीविरुद्ध इङल्याण्डको प्रभावशाली जित

गोल गरेपछि इङल्याण्डका कप्तान एन्जल गोमेज खुशी मनाउँदै । (तस्विर : फिफा)

एजेन्सी । भारतमा जारी जारी फिफा यु–१७ विश्वकफ फुटबल प्रतियोगितामा दावेदार मध्ये एक मानिएको इङल्याण्डले पनि प्रभावशाली जितका साथ प्रतियोगिताको सुरुवात गरेको छ ।

समूह एफ मा रहेको इङल्याण्डले चिलीलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै प्रभावशाली जित हात पारेको हो ।

कोलकातामा भएको उक्त खेलमा इङल्याण्डका लागि खेलको पाँचौं मिनटमा केलम हडसन–ओडोईले पहिलो गोल गरे । त्यस्तै जेडन सान्चोले ५१ औं र ६० औं मिनटमा व्यक्तिगत दुई गोल गरे भने कप्तान एन्जल गोमेजले ८१ औं मिनटमा इङलिस टोलीका लागि चौथो गोल गर्दै जित सुनिश्चित गरे ।

फ्रान्सको फराकिलो जित

उता समूह ई तर्फ अर्को बलियो टोली फ्रान्सले पनि शानदार जितका साथ प्रतियोगिताको सुरुवात गरेको छ ।

गुवाहाटीमा भएको समूह ई तर्फको पहिलो खेलमा प्रंmान्सले न्यू क्यालेडोनियालाई १ का विरुद्ध ७ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...