फिफा यु–१७ विश्वकपमा इरानको प्रभावशाली जित

गुएनाविरुद्ध भिड्नु अघि सामूहिक तस्विरमा इरानका खेलाडीहरु । (तस्विर : फिफा)

एजेन्सी । एसियाली मुलुक इरानले जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगिताको पहिलो खेलमै प्रभावशाली जित हात पारेको छ ।

समूह सी मा रहेको इरानले शनिबार आफ्नो पहिलो खेलमा गुएनालाई ३–१ ले हराउँदै प्रभावशाली जित दर्ता गरेको हो ।

इरानको जितमा अल्लहयार सयद, मोहम्मद शरिफी र सईद करिमीले एक–एक गोल गरे । उता पराजित गुएनाका लागि फन्डजे टाउरेले गरे ।

जितसँगै इरान समूह सी मा समान ३ अंक जोडेको जर्मनीलाई पछि पार्दै उत्कृष्ट गोल भिन्नताका आधारमा शिर्ष स्थानमा उक्लिएको छ ।

उता शनिबार नै भएको समूह डी तर्फको दोस्रो खेलमा अर्को एसियाली मुलुक उत्तर कोरियाले नाइजरसँग १–० को गोलको झिनो अन्तरको हार बेहोरेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...