दावेदार ब्राजील र जर्मनीको बिजयी सुरुवात

निर्णायक गोल गरेपछि ब्राजीलका पाउलिन्हो । (तस्विर : फिफा)

एजेन्सी । भारतमा जारी फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा दावेदार मानिएका दुई टोली ब्राजील र जर्मनीले बिजयी सुरुवात गरेका छन् ।

समूह डी मा रहेको ब्राजीलले बलियो प्रतिद्वन्द्वी स्पेनलाई २–१ ले पराजित गर्यो । यद्यपि खेलमा अग्रता भने स्पेनले लिएको थियो । खेलको पाँचौं मिनटमा ब्राजीलका वेस्ले डेविडले आफ्नै पाष्टमा आत्मघाती गोल गर्न पुगेका थिए ।

उता २५ औं मिनटमा लिंकनले बराबरी गोल फर्काए भने पहिलो हाफकै इन्जुरी समयमा पाउलिन्होले गोल गर्दै ब्राजीलको जित सुनिश्चित गरे ।

उता शनिबार नै भएको समूह सी तर्फ जर्मनीले पनि कोस्टा रिकालाई समान २–१ गोल अन्तरले हराउँदै महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...