फिफा यु–१७ विश्वकपको पहिलो खेल मै भारत पराजित

अमेरिकाविरुद्ध खेल्नुअघि सामूहिक तस्विर खिचाउँदै भारतीय टोली ।

एजेन्सी । शुक्रबारदेखि भारतमा सुरु भएको फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगितामा आयोजक भारतले पहिलो खेल मै हार बेहोरेको छ ।

जवाहरलाल नेहरु स्टेडियम, दिल्लीमा भएको समूह ए तर्फको खेलमा भारतले अमेरिकासँग ३–० गोल अन्तरको पराजय बेहोरेको हो । अमेरिकाको जितमा जोश सर्जेन्ट, क्रिस डुर्किन र एन्ड्रियु कार्लेटनले एक–एक गोल गरे ।

भारतविरुद्ध गोल गरेपछि अमेरिकाका जोश सर्जेन्ट (बाँया) ।

समूह ए कै अर्को खेलमा घानाले कोलम्बियालाई शून्यकाविरुद्ध १ गोलले पराजित गरेको छ ।

त्यस्तै समूह बी तर्फ मुम्बईमा भएको अन्य खेलहरुमा पाराग्वेले मालीलाई रोमाञ्चक ३–२ ले पराजित गरेको छ भने न्युजिल्याण्ड र टर्कीले १–१ गोलको बराबरी खेलेका छन् ।

शुक्रबार भएको उदघाटन खेलमा खेलाडीहरुसँग हात मिलाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य अतिथिीहरु । (तस्विरहरु : फिफा)

 


प्रतिक्रिया दिनुहोस

Loading...