फिफा यु–१७ विश्वकप आजदेखि, भरत र अमेरिका भिड्दै

एजेन्सी । छिमेकी मुलुक भारतमा आजदेखि फिफा यु–१७ विश्वकप फुटबल प्रतियोगिताको १७ औं संस्करण भव्यताका साथ शुरु हुँदैछ ।

नयाँ दिल्लीस्थित जवाहरलाल नेहर स्टेडियममा हुन गईरहेको उदघाटन खेलमा कोलम्बिया र घाना भिड्दै छन् । त्यस्तै सोही स्टेडियममा आयोजक भारत र अमेरिका पनि आमने सामने हुनेछन् ।

उदघाटन खेलका क्रममा भारतको प्रधानमन्त्रीसहित विभिन्न विशिष्ट व्यक्ति तथा खेल व्यक्तित्वहरुको उपस्थिति समेत रहने बताइएको छ ।

प्रतियोगितामा सहभागी कुल २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको खेलहरु मुम्बई, दिल्ली, कोची, गुवाहाटी, मरगाव र कोलकाता गरी भारतका ६ शहरहरुमा हुनेछन् ।

२२ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल खेल अक्टुबर २८ तारीखका दिन साल्ट लेक स्टेडियम, कोलकातामा हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...