विश्वकप छनौटबाटै बाहिरिने संघारमा अर्जेन्टिना

एजेन्सी । आगामी वर्ष रुसमा हुने फिफा विश्वकपका लागि सुपरस्टार मेसीसहितको अर्जेन्टिनाको सम्भावना कठिन बन्दै गएको छ ।

दक्षिण अमेरिकी छनौट अन्तरगत महत्वपूर्ण मानिएको खेलमा बिहीबार पेरुसँग गोलरहित बराबरी खेलेपछि अर्जेन्टिनाको विश्वकप छनौट चरणबाटै बाहिरिने सम्भावना बढेर गएको छ ।

बिहीबार पेरुलाई हराएको भए अर्जेन्टिनाको प्ले अफका लागि छनौट हुने सम्भावना बलियो थियो । सन् १९७० पछि पहिलो पटक अर्जेन्टिनालाई विश्वकपमा फुटबल समर्थकले देख्न नपाउने सम्भावना बढ्दै गएको छ ।

दक्षिण अमेरिकी छनौट अन्तरगत अर्जेन्टिनाले आफ्नो अन्तिम खेल मंगलबार छनौट चरणबाटै बाहिरिसकेको इक्वेडरसँग खेल्नेछ ।

दक्षिण अमेरिकी छनौट अन्तरगत बिहीबार नै भएका अन्य खेलहरुमा विश्वकपका लागि छनौट भईसकेको ब्राजीलले बोलिभियासँग तथा उरुग्वेले भेनेजुएलासँग गोलरहित बराबरी खेल्यो ।

त्यस्तै चिलीले इक्वेडरलाई तथा पाराग्वेले कोलम्बियालाई समान २–१ को गोल अन्तरले पराजित गरेको छ ।

१७ खेलको समाप्तीपश्चात् ३८ अंक जोडेको ब्राजील शिर्ष स्थानमा छ । त्यस्तै २८ अंक जोडेको उरुग्वे दोस्रो स्थानमा छ भने समान २६–२६ अंक जोडेको चिली र कोलम्बिया तेस्रो र चौथो स्थानमा छ ।

त्यस्तै समान २५–२५ अंक जोडेको पेरु र अर्जेन्टिना क्रमश पाँचौं र छैठौं स्थानमा छ । छनौट चरण अन्तरगत शिर्ष चारमा रहने टोली विश्वकपका लाग सोझै छनौट हुनेछ भने पाँचौं स्थानमा रहनेले न्युजिल्याण्डसँग प्ले अफ खेल्नेछ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...