विश्वकप छनौटमा सिरियाको सम्भावना कायमै (भिडियो सहित)

बराबरी गोल गरेपछि सिरियाका ओमर । (तस्विर एजेन्सी)

एजेन्सी । अष्ट्रेलियाविरुद्ध रोमाञ्चक बराबरी खेल्दै सिरियाले आगामी वर्ष रुसमा हुने विश्वकप छनौटका लागि आफ्नो सम्भावनालाई कायम राखेको छ ।

एसियन छनौटको प्ले अफ अन्तरगत पहिलो लेगमा सिरियाले बलियो अष्ट्रेलियालाई १–१ को बराबरी रोक्दै विश्वकप छनौटमा आफ्नो सम्भावना कायम राखेको हो ।,

मलेसियाको क्रुबोङमा सम्पन्न उक्त खेलमा अग्रता भने अष्ट्रेलियाले लिएको थियो । खेलको ४० औं मिनटमा रब्बी क्रुजले गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए ।

यद्यपि खेलको अन्तिम समयतर्फ ८५ औं मिनटमा सिरियाले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ओमर अल समाहले गोल गर्दै खेललाई रोमाञ्चक १–१ को बराबरीमा ल्याएका थिए ।

छनौट चरण अन्तरगत प्ले अफको दोस्रो लेग आउँदो मंगलबार (अक्टुबर १० तारीख) का दिन अष्ट्रेलियाको घरेलु मैदान सिड्नी स्थित स्टेडियम अष्ट्रेलियामा हुनेछ ।

सिरिया र अष्ट्रेलियाबीचको म्याच हाईलाईट भिडियो हेर्नुहोस्:


प्रतिक्रिया दिनुहोस

Loading...