मार्सेलोमाथि पनि कर छलीको आरोप

मार्सेलो । (तस्विर एजेन्सी)

एजेन्सी । रियल मेड्रिडका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोपछि उनकै मिल्ने साथी तथा ब्राजिलियन डिफेन्डर मार्सेलो पनि कर छलीको विवादमा तानिएका छन् ।

स्पेनका कर अधिकारीहरुले मार्सेलोसँग सोधपुछ गर्न सुरु गरेका छन् । ती अधिकारीहरुले मार्सेलोले सन् २०१३ मा बुझाएको करको रकमबारे छानबीन गरिरहेका छन् ।

स्पेनी मिडियाका अनुसार तिर्नुपर्ने बाँकी कर मार्सेलोले नतिरे पछि उनलाई अदालतमा पेशी हुनुपर्छ या पर्दैन भन्ने कुरा थाहा पाउनका लागि स्पेनीस टेक्स एजेन्सीले मार्सेलोविरुद्ध आर्थिक अपराध सम्बन्धी कागजपत्र समेत सरकारी अधिकारीहरुसमक्ष पठाईसकेको छ ।

उता मार्सेलोले भने आफू माथि लागेको कर छलीको आरोपलाई निराधार बताएका छन् । २९ वर्षिय मार्सेलोका अनुसार आफूले बुझाउनु पर्ने कर सही तारिकाले बुझाएको स्पष्टोक्ति दिएका छन् ।

स्मरणीय छ, रियल मेड्रिड कै स्टार फरवार्ड तथा मार्सेलोका टिममेट क्रिष्टियानो रोनाल्डोमाथि पनि कर छलीको आरोप लागेको थियो र उनी अदालतमा समेत पेश भएका थिए ।

यद्यपि आफूमाथि लागेको १३ मिलियन युरोको कर छलीको आरोपलाई उनले अस्वीकार गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...