हेरी केन इङल्याण्डको राष्ट्रिय फुटबल टोलीका कप्तान

हेरी केन । (तस्विर एजेन्सी)

एजेन्सी । टोटेनह्याम हट्सपरका फरवार्ड हेरी केनले विश्वकप छनौट अन्तरगत स्लोभेनियाविरुद्धको खेलमा इङल्याण्डको कप्तानी गर्ने भएका छन् ।

आगामी वर्ष रसियामा हुने विश्वकपका लागि युरोपियन छनौट अन्तरगत समूह एफ मा रहेको इङल्याण्डले बिहीबार घरेलु मैदान वेम्बले स्टेडियममा स्लोभेनियाको सामना गर्दैछ ।

सोही खेलमा इङलिस फुटबल टोलीको कप्तानी उत्कृष्ट लयमा रहेका २४ वर्षिय केनले गर्ने भएका हुन् ।

समूह एफ मा अपराजित रहेको इङल्याण्डले खेलेको ८ खेलमध्ये ६ मा जित र २ मा बराबरीसहित २० अंकका साथ शिर्ष स्थानमा छ । र रसिया विश्वकपमा छनौट हुने इङल्याण्डको सम्भाना बलियो समेत छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...