मोराटा लामो समयका लागि मैदान बाहिर !

अल्भारो मोराटा । (तस्विर : एजेन्सी)

एजेन्सी । इङलिस च्याम्पियन चेल्सीका स्पेनीस फरवार्ड अल्भारो मोराटा लामो समयसम्म मैदान बाहिर रहने भएका छन् ।

मोराटाले प्रिमियर लिग अन्तरगत शनिबार म्यानचेष्टर सिटीविरुद्धको खेलमा ३५ मिनट खेल्दै हेमस्ट्रिङको चोटका कारण मैदान छाडेका थिए ।

किर्तिमानी ७५ मिलियन पाउण्डमा रियल मेड्रिडबाट चेल्सीमा आएका २४ वर्षिय मोराटाले विश्वकप छनौट अन्तरगत शुक्रबार हुने अल्बानियाविरुद्धको खेल तथा सोमबार हुने इजरायलविरुद्धको खेलमा पनि स्पेनका लागि उपलब्ध हुने छैनन् ।

स्पेनी फुटबल फेडेरेशनले यसबारे पुष्टी गर्दै मोराटाको चोट गम्भिर रहेको बताएको छ । स्रोतका अनुसार उनी पूरै अक्टुबर महिना तथा नोभेम्बरको मध्यसम्म पनि पूर्ण रुपमा फिट नहुने जनाएको छ ।

अब मोराटाको विकल्पका रुपमा चेल्सीसँग मिची बात्सुआई एक मात्र अनुभवी फरवार्डका रहेको छ । लिग अन्तरगत चेल्सीले केही महत्वपूर्ण खेलहरु मोराटाको अनुपस्थिति मै खेल्नुपर्नेछ ।

त्यस्तै चेल्सीका लागि नयाँ सिजनको शुरुवाती १० खेलमा ७ गोल गरिसकेका मोराटाले च्याम्पियन्स लिग अन्तरगत बलियो इटालियन प्रतिद्वन्द्वी रोमाविरुद्ध हुने समूह चरणको खेल पनि मिस गर्नेछन् ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...