डि ब्रुईन भन्छन् “चेल्सी छोडेर कुनै पछुतो छैन”

केविन डि ब्रुईन । (तस्विर एजेन्सीं)

एजेन्सी । म्यानचेष्टर सिटीका मिडफिल्डर केविन डि ब्रुईनले आफ्नो पूर्व चेल्सी छोड्नु पर्दा आफूलाई कुनै पछुतो नरहेको बताएका छन् ।

प्रिमियर लिग अन्तरगत शनिबार चेल्सीविरुद्ध सिटीले हात पारेको १–० को जितमा निर्णायक गोल गरेका ब्रुईनले सन् २०१४ मा लण्डन क्लब छोड्दा कुनै पछुतो नरहेको बताएका हुन् ।

सन् २०१५ मा ५५ मिलियन पाउण्डमा सिटी आएका २६ वर्षिय ब्रुईनले चेल्सीका लागि २ वर्षमा ३ खेल मात्र खेलेका थिए ।

उनले सन् २०१४ मा चेल्सी छाडेपछि आफ्नो क्यारियरलाई उचाई दिन जर्मन क्लब वोल्फ्सवर्गमा गएका थिए । त्यहिबाट उनी सिटीमा अनुबन्धित भएका थिए ।

यी बेल्जियन मिडफिल्डर भन्छन् “मलाई स्टामफोर्ड ब्रिज छोड्नुमा कुनै पछुतो छैन । मलाई लाग्छ उनीहरुलाई पनि कुनै पछुतो छैन होला । मैले चेल्सी छाडेपछि क्लबले दुईपटक लिग उपाधि जितेको छ । मलाई लाग्छ चेल्सीले राम्रो गरिरहेको छ ।”

सिटी आएपछि यस सिजन ब्रुईनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने सिटी पनि उत्कृष्ट लयमा रहँदै प्रिमियर लिगको शिर्ष स्थानमा छ । सिटीले खेलेको ७ खेल मध्ये ६ मा जित र १ खेलमा मात्र बराबरी खेल्दै अपराजित छ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...