“युनाइटेडलाई अहिले नै प्रिमियर लिगको दावेदार मान्नु गलत” : मौरिन्हो

जोसे मौरिन्हो । (तस्विर एजेन्सी)

एजैन्सी । म्यानचेष्टर युनाइटेडका व्यवस्थापक जोसे मौरिन्होले आफ्नो क्लबलाई अहिले नै उपाधिको दावेदार भनिनु गलत रहेको बताएका छन् ।

उनका अनुसार प्रिमियर लिगको नयाँ सिजन सुरु भएको धेरै समय नभएकाले अहिल नै युनाइटेडलाई लिगको दावेदार भनिनु अलि हतार हुने बताए ।

युनाइटेडले हालसम्म खेलेको ७ खेलमध्ये ६ मा जित र एकमा बराबरीसहित १९ अंकका साथ प्रिमियर लिगको दोस्रो स्थानमा छ ।

सन् २०१४–१५ को चेल्सीले प्रिमियर लिगको उपाधि जित्दा पनि सिजनको सुरुवात यसरी नै गरेको थियो । त्यतिबेला मौरिन्हो नै चेल्सीका व्यवस्थापक थिए । यद्यपि उनै मौरिन्होले अहिले युनाइटेडको दावेदारीतालाई अस्विकार गरेका छन् ।

युनाइटेडेका सर्बियन मिडफिल्डर नेमान्जा मेटिचको धारणा पनि उस्तै छ । मेटिचका अनुसार प्रिमियर लिगमा क्लबले अझै लामो यात्रा तय गर्न बाँकी रहेको छ ।

साथै म्यानचेष्टर सिटीले शनिबार नै साविक विजेता चेल्सीलाई उसकै घरेलु मैदानमा हराउँदैमा लिग विजेताको निर्धारण अहिले नै गर्नु मुर्खता हुने बताएका छन् ।

मौरिन्होका अनुसार यसपटक ५ देखि ६ क्लबहरु प्रिमियर लिगका दावेदारका रुपमा उभिएका छन् र प्रिमियर लिगको दावेदार युनाइटेडलाई मात्र मान्नु हतार हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...