“बर्नबेयु छोडेर कतै जादैनन् रोनाल्डो” : जिदान

जिदान (बाँया) का साथ रोनाल्डो । (तस्विर एजेन्सी)

एजेन्सी । रियल मेड्रिडका व्यवस्थापक जिनेदिन जिदानले क्लबसँगको सम्झौतालाई लिएर भएको विवादका बीच आफ्ना स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो क्लब छाडेर अन्त कतै नजाने बताएका छन् ।

जिदानलाई विश्वास छ कि रोनाल्डो आफै यो झमेलामा फँस्न चाहँदैनन् । केही दिन अघि मात्र रोनाल्डोले रियलसँग आफ्नो सम्झौता थप एक वर्षका लागि बढाउन चाहेको कुरा बताएका थिए ।

यसका साथै उनले आफूले पाउने रकम पनि बार्सिलोनाका लियोनल मेसीले पाउने रकम कै बराबरी गरिदिन समेत माग गरेका थिए । फिलहाल रियलसँग रोनाल्डाको सम्झौता २०२१ सम्म छ ।

पाँच खेलको प्रतिबन्ध पश्चात मैदानमा फर्किएका रोनाल्डोले जारी ला लिगामा क्लबका लागि अहिलेसम्म गोल सकेका छैनन् । ला लिगा अन्तरगत आइतबार राती इस्पान्योलविरुद्ध भएको खेलमा पनि उनले गोल गर्न असफल रहे ।

रोनाल्डाको अनुबन्धलाई लिएर जिदानले भनेका छन् “यो अनुबन्धलाई लिएर जे जस्ता कुरा भईरहेको छ, त्यो केवल रोनाल्डो र क्लबबीच भईरहेको छ । म यो बीचमा पर्न चाहन्न । यसबारे के गर्ने हो उनीहरु आफैले निर्णय गर्नेछन् । फिलहाल उनीहरुबीच हुने विवाद र समस्या छैन ।”

 


प्रतिक्रिया दिनुहोस

Loading...