रियलको जितमा इस्को नायक (भिडियो सहित)

रियलका लागि गोल गरेपछि इस्को । (तस्विर एजेन्सी)

एजेन्सी । स्पेनीस ला लिगामा डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडले इस्पान्योललाई हराउँदै लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

आइतबार राती घरेलु मैदान सान्टियागो बर्नबेउमा सम्पन्न उक्त खेलमा रियलले इस्पान्योललाई २–० ले हरायो । रियलको जितमा दुवै गोल इस्कोले खेलको ३० औं र ७१ औं मिनटमा गरे ।

स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो र गारेथ बेल मैदानमा उत्रिए तापनि उनीहरु गोल गर्न भने असफल रहे । जितका बावजुद रियल शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ७ अंकले पछि छ ।

रियल र इस्पान्योलबीचको म्याच हाईलाईट भिडियो हेर्नुहोस:


प्रतिक्रिया दिनुहोस

Loading...