दर्शकबिहीन घरेलु मैदानमा बार्सिलोनाको सहज जित (भिडियो सहित)

लास पाल्मासविरुद्ध गोल ग गरेपछि मेसी । (तस्विर : एजेन्सी)

एजेन्सी । क्याटलोनिया विवाद र झडपका बीच स्पेनीस ला लिगातर्फ लिग लिडर बार्सिलोनाले दर्शकबिनाको खाली घरेलु मैदानमा सहज जित हात पारेको छ ।

क्याटलोनिया स्पेनबाट छुट्टिने विवादलाई लिएर स्टेडियमबाहिर झडप भएपछि बार्सिलोना र लास पाल्मासबिचको खेल सुरक्षाको कारण देखाउँदै दर्शकबिहीन खाली रंगशालामा खेलाइएको थियो ।

खेल सुरु हुन केहीबेर अघि बार्सिलोनाको खाली घरेलु मैदान नोउ क्याम्प । (तस्विर एजेन्सी)

नोउ क्याम्पमा भएको उक्त खेलमा अर्जेन्टिनी स्टार लियोनल मेसीको दुई गोलको सहयोगमा बार्साले लास पाल्मासलाई ३–० ले पराजित गर्यो । घरेलु टोलीका लागि थप एक गोल सर्जियो बुस्केट्सले गरे ।

जितसँगै ७ खेलबाट २१ अंक जोडेको बार्सा शिर्ष स्थानमा छ । समान खेलबाट १६ अंक जोडेको सेभिल्ला दोस्रो तथा १५ अंक जोडेको एटलेटिको तेस्रो स्थानमा छ ।

स्टेडियमबाहिर दर्शकहरुको भिड । (तस्विर एजेन्सी)

स्पेनबाट क्याटलोनिया छुट्टिने वा नछुट्टिने विषयमा जनमत स्रगह हुँदैछ । क्याटलोनिया स्पेनबाट छुट्टिएको अवस्थामा बार्सिलोना पनि स्पेनबाट अलग हुनेछ । यदि यसो भएमा बार्सिलोनाको ला लिगामा प्रतिस्पर्धा गर्ने सम्भावना पनि अन्यौल र अनिश्चित बन्नेछ ।

क्याटलोनियाको आधिकारिक झण्डाको रंग अंकित जर्सी लगाएर सामूहिक तस्विर खिचाउँदै बार्साका खेलाडीहरु । (तस्विर एजेन्सी)

सोहि विषयलाई लिएर पनि आइतबार बार्सिलोना र लास पाल्मासबीचको खेल शुरु हुन अगावै शहरमा झडप समेत भएको थियो ।

जसमा सयौंको संख्यामा घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यसलगतै बार्सा र लास पाल्मासबीचको खेल खाली रंगशालामा खेलाइने निर्णय गरिएको थियो ।

बार्सिलोनाले यसरी हरायो लास पाल्मासलाई भिडियो हेर्नुहोस:


प्रतिक्रिया दिनुहोस

Loading...