प्रिमियर लिग दौडमा फर्कियो आर्सनल (भिडियो सहित)

आर्सनलका खेलाडीहरु गोल गरेपछि खुशी मनाउँदै । (तस्विर : एजेन्सी)

एजेन्सी । ब्राईटन एण्ड होवलाई हराउँदै लण्डन क्लब आर्सनल इङलिस प्रिमियर लिगको शिर्ष दौडमा फर्किएको छ ।

आइतबार घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा नाचो मोनरियलले १६ औं मिनटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलमा आफ्नो पकड कायम राखेको आर्सनलका लागि दोस्रो हाफको ५६ औं मिनटमा एलेक्स इवोबीले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

जितसँगै १३ अंक जोडेको आर्सनल पाँचौं स्थानमा छ । समान खेलबाट १३ अंक जोडेको चेल्सी चौथो स्थानमा छ भने उत्तरी लण्डन प्रतिद्वन्द्वी टोटेनह्याम तेस्रो स्थानमा छ ।

आर्सनलको जिम्मेवारी सम्हालेको २१ वर्ष पूरा गरेका व्यवस्थापक आर्सेन वेंगरका लागि आइतबारको जित केही विशेष रह्यो ।

यसरी हरायो आर्सनलले ब्राइटनलाई भिडियो हेर्नुहोस:


प्रतिक्रिया दिनुहोस

Loading...