सिटीसँग चेल्सी घरमै स्तब्ध (भिडियो सहित)

सिटीका लागि गोल गरेपछि ब्रुईन । (तस्विर एजेन्सी)

एजेन्सी । दोस्रो हाफमा केविन डि ब्रुईनले गरेको सुन्दर गोलको सहयोगमा म्यानचेष्टर सिटीले डिफेन्डिङ च्याम्पियन चेल्सीलाई उसके घरमा हराएको छ ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा अधिकांश समय बल आफ्नो पकडमा राखेको सिटीका लागि खेलको ६७ औं मिनटमा ब्रुईनले एक मात्र निर्णायक गोल गरे ।

सडक दुर्घट्नामा परेका आफ्ना स्टार फरवार्ड सर्जियो एग्विारे बिना उत्रिएको सिटीले चेल्सीमाथि पूरा दबाब कायम गर्न सफल भएको थियो ।

जितसँगै सिटी ७ खेलबाट १९ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै हार बेहोरेको चेल्सी भने १३ अंकका साथ चौथो स्थानमा झरेको छ ।

सिटी र चेल्सीबीचको म्याच हाईलाईट भिडियो हेर्नुहोस:


प्रतिक्रिया दिनुहोस

Loading...