शानदार जितसहित युनाइटेड शिर्ष स्थानमा

गोल गरेपछि युनाइटेडका खेलाडीहरु । (तस्विर : एजेन्सी)

एजेन्सी । प्रिमियर लिग जायन्ट म्यानचेष्टर युनाइटेडले आफ्नो अपराजित यात्रालाई कायम राख्दै शिर्ष स्थानमा उक्लिएको छ ।

शनिबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसमाथि ४–० रवाफिलो जितका साथ युनाइटेड शिर्ष स्थानमा उक्लिएको हो ।

युनाइटेडको जितमा मरुवेन फेलानीले २ गोल गरे भने हुवाँ माटा र रोमेलु लुकाकुले १–१ गोल गरे ।

जितसँगै ७ खेलबाट १९ अंक जोडेको युनाइटेड शिर्ष स्थानमा छ । एक खेल कम खेलेको युनाइटेडको शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर सिटी १६ अंकका साथ दोस्रो स्थानमा छ ।

स्टोक र वेस्ट ह्यामलाई सफलता

इङलिस प्रिमियर लिग अन्तरगत शनिबार नै भएको अन्य खेलहरुमा स्टोक सिटीले साउथह्याम्पटनलाई २–१ ले हराएको छ भने वेस्ट ह्याम युनाइटेडले स्वान्सीलाई १–० ले पराजित गरेको छ ।

त्यस्तै वेस्ट ब्रोम र वाटफोर्डले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् भने लिसेस्टर सिटी र बर्नमाउथले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...