केनको उत्कृष्ट लय जारी, टोटेनह्याम तेस्रो स्थानमा उक्लियो

हुडर्सफिल्डविरुद्ध गोल गरेपछि केन । (तस्विर : एजेन्सी)

एजेन्सी । प्रिमियर लिगको नयाँ सिजनको सुरुवातबाटै उत्कृष्ट लयमा रहेका इङलिस फरवार्ड हेरी केनले त्यसलाई शनिबार हुडर्सफिल्ड टाउनविरुद्ध पनि निरन्तरता दिएका छन् ।

शनिबार हुडर्सफिल्डको घरेलु मैदानमा केनले खेलको ९ औं र २३ औं मिनटमा गरे । त्यस्तै बेन डेविजले १६ औं मिनटमा गोल गरे भने खेलको इन्जुरी समयमा मौसा सिसोकोले चौथो गोल गर्दै लण्डन क्लबको शानदार जित सुनिश्चित गरे ।

जितसँगै ७ खेलबाट १४ अंक जोडेको टोटेनह्याम तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी र युनाइटेड १६ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् भने १३ अंक जोडेको साविक विजेता चेल्सी चौथो स्थानमा छ।


प्रतिक्रिया दिनुहोस

Loading...