सिटी स्टार एग्विरो सडक दुर्घट्नामा परि घाइते

एग्विरो (बाँया) र उनी चढेको दुर्घट्नाग्रस्त ट्याक्सी (दाँया) । (तस्विर : एजेन्सी)

एजेन्सी । इङलिस क्लब म्यानचेष्टर सिटीका अर्जेन्टिनी स्टार फरवार्ड सर्जियो एग्विरो सडक दुर्घट्नामा परि घाइते भएका छन् ।

२९ वर्षिय एग्विरो नेदरल्याण्डमा छुट्टी मनाइरहेका थिए र उनलाई शनिबार चेल्सीविरुद्ध हुने खेलका लागि शुक्रबार नै इङल्याण्ड फर्किनु पर्ने थियो ।

एम्सटर्डम पुलिसका अनुसार एग्विरो एक सांगीतिक कार्यक्रममा सहभागी भएर एयरपोर्ट फर्कने क्रममा उनी चढेको टेक्सी व्यस्त सडकको ल्याम्प पोष्टमा गएर ठोक्किएको थियो ।

उनलाई सिटी कै टिम डाक्टरले स्वास्थ्य परिक्षण गरेका थिए । स्रोतका अनुसार एग्विरोको करङमा चोट लागेको बताइएको छ । फिलहाल उनी इङल्याण्ड फर्किसकेका छन् ।

एग्विरोले सिटी र अर्जन्टिनाका लागि केही महत्वपूर्ण खेलहरु गुमाउने सम्भावना छ । क्लबका अनुसार उनी प्रिमियर लिग अन्तरगत १४ अक्टोबरमा हुने स्टोक सिटीविरुद्धको खेलसम्म फिट हुने आशा गरेको छ ।

उता अर्जेन्टिनाले विश्वकप छनौट अन्तरगत पेरु (अक्टुबर ५) र इक्वेडर (अक्टुबर १०) विरुद्ध खेल्ने खेलमा पनि ए्ग्विरोको नाम सामेल गरेको छ । यद्यपि उनी खेल्न सक्ने सम्भावना भने कम रहेको स्रोतले जनाएको छ ।

दुर्घट्नापश्चात एग्विरोले सामाजिक संजालमा आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिंदै छिटै फिट भएर मैदानमा फर्कने सन्देश पोष्ट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...