बायर्न म्युनिखद्वारा कार्लो एन्सेलोट्टी बर्खास्त

कार्लो एन्सेलोट्टी । (तस्विर : एजेन्सी)

एजेन्सी । जर्मनको चर्चित बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले इटालियन म्यानेजर कार्लो एन्सेलोट्टीलाई प्रशिक्षकीय जिम्मेवारीबाट बर्खास्त गरेको छ ।

बुधबार राती भएको च्याम्पियन्स लिगको समूह चरण अन्तरगत पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ३–० ले पराजित हुन पुगेपछि एन्सेलोट्टीलाई बायर्नको बोर्ड बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो ।

गत सिजन मात्र पेप ग्वार्डिओलाको स्थानमा आएका ५८ वर्षिय एन्सेलोट्टीले गत सिजन बायर्नलाई बुण्डेसलिगाको उपाधि जिताएका थिए ।

यद्यपि च्याम्पियन्स लिगको अन्तिम आठसम्म र जर्मन कपको सेमिफाइनल मै रोकिएपछि म्युनिखमा उनको भविष्यप्रति अनेक अडकलबाजी हुन थालेको थियो ।

फिलहाल जर्मन च्याम्पियन म्युनिखलाई तत्कालका लागि सहायक प्रशिक्षक विल्ली सेग्नलले अस्थायी रुपमा व्यवस्पन गर्नेछन् ।

 


प्रतिक्रिया दिनुहोस

Loading...