उत्कृष्ट बन्न मेसी र रोनाल्डोबाट प्रेरणा लिन्छन् केन

हेरी केन । (तस्विर : एजेन्सी)

एजेन्सी । उत्कृष्ट फुटबलर बन्ने लक्ष्य लिएका टोटेनह्याम हट्सपरका इङलिस फरवार्ड हेरी केनले रियलका क्रिष्टियानो रोनाल्डो र बार्साका लियोनल मेसीबाट आफू प्रेरित भएको बताएका छन् ।

यस सिजनमा उत्कृष्ट लयमा रहेका २४ वर्षिय केनले आधा दर्जनभन्दा बढी गोल गरिसकेका छन् । विगत ३ सिजनमध्ये २ मा ३० गोल गरेका केनले एउटै सिजनमा २८ गोल समेत गरेका थिए ।

संसारकै उत्कृष्ट फरवार्डहरुमध्ये तपाईंको स्थान कहाँ छ ? भनेर सोधिएको प्रश्नमा केनले आफलाई मेसी र रोनाल्डोसँग तुलना गर्दा धेरै प्रेरणा मिल्ने गरेको बताएका छन् ।

उनी भन्छन् “सोसल मिडियोको जमानामा यसबाट टाढा रहनु मुश्किल भईसकेको छ । म पनि संसार कै उत्कृष्ट खेलाडी मध्ये एक बन्न चाहन्छु । मानिसहरुले जब मेरो तुलना गर्छन् तब मलाई यी स्टार खेलाडीहरुकै नजिक पुगिसकेको छु जस्तो लाग्छ । यसले मलाई थप अगाडी बढ्न र उत्कृष्ट प्रदर्शन गर्न हौसला मिल्ने गर्दछ ।”

 


प्रतिक्रिया दिनुहोस

Loading...