एटलेटिकोविरुद्ध चेल्सीको रोमाञ्चक जित

चेल्सीका लागि बराबरी गोल फर्काएपछि मोराटा (बाँया) । (तस्विर : एजेन्सी)

एजेन्सी । प्रतिष्ठित युईएफए च्याम्पियन्स लिगमा इङलिस च्याम्पियन चेल्सीले समूह सी तर्फ रोमाञ्चक जित हात पारेको छ ।

खेलमा पछि परेको स्थितिलाई उल्टाउँदै चेल्सीले स्पेनी प्रतिद्वन्द्वी एटलेटिको मेड्रिडलाई उसकै घरेलु मैदानमा रोमाञ्चक २–१ ले हराउन सफल भयो ।

खेलको ४० औं मिनटमा एन्टोइन ग्रिजम्यानको गोलबाट अग्रता लिएको मेड्रिडले त्यसलाई पहिलो हाफसम्म मात्र जोगाइ राख्न सक्यो ।

दोस्रो हाफको ६० औं मिनटमा चेल्सीका लागि अल्भारो मोराटाले बराबरी गोल फर्काए भने वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मिची बात्सुएईले खेलको अन्तिमतिर ९० औं मिनटमा दोस्रो तथा निर्णायक गोल गरे ।
सोही समूहको अर्को खेलमा रोमाले कारावागलाई समान २–१ ले पराजित गर्न सफल भयो ।

युनाइटेड, पिएसजी र बार्सिलोनालाई सफलता

बुधबार राती नै सम्पन्न अन्य खेलहरुमा म्यानचेष्टर युनाइटेड, पिएसजी र बार्सिलोनाले पनि सफलता हासिल गरेका छन् ।

समूह ए तर्फ रहेको युनाइटेडले सिएसके मस्कोलाई ४–१ ले पराजित गर्यो भने बासेलले बेनफिकालाई ५–० को फराकिलो अन्तरले हरायो ।

त्यस्तै समूह बी तर्फ स्टार खेलाडीहरुले भरिएको पिएसजीले बायर्न म्युनिखलाई तथा सेल्टिकले एन्डरलेक्टलाई समान ३–० ले हरायो ।

त्यसैगरी समूह डी तर्फ बार्सिलोनाले स्र्पोटिङ सिपीलाई १–० को झिनो अन्तरले हराउँदा इटालियन च्याम्पियन युभेन्ट्सले ओलम्पियाकोसलाई २–० ले पराजित गर्यो ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...