अष्ट्रेलियाका पूर्व स्टार अलराउण्ड साईमण्डसको दुर्घट्नामा मृत्यु

काठमाडौं (एजेन्सी) । अष्ट्रेलियाका पूर्व विश्वचर्चित अलराउण्ड एन्ड्रियु साईमण्डसको ४६ बर्षको उमेरमा कार दुर्घट्नामा परि निधन भएको छ । उनको शनिबार क्वीन्सल्याण्डमा सडक दुर्घट्नामा परि निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अष्ट्रेलियाका लागि २६ टेष्ट, १९८ एकदिवसीय तथा १४ अन्तर्राष्ट्रिय टि–२० खेलेका साइमण्डस विश्व कै उत्कृष्ट अलराउण्डर मध्ये एकमा गनिन्थे । त्यति मात्र नभएर काउन्टी क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने किर्तिमान पनि उनको नाममा छ । सन् १९९५ मा ग्लुचेस्टरशाइरका लागि काउन्टी क्रिकेट खेल्दा उनले एकै पारीमा १६ छक्का प्रहार गरेका थिए ।

इङल्याण्डको बर्मिङघम शहरमा जन्मिएका साइमण्डले त्यहाँ सुर्रे, केन्ट, लंकाशायर जस्ता क्रिकेट िटममा काउन्टी क्रिकेट समेत खेलेका थिए । सन् १९९८ देखि २००९ सम्म क्रिकेट खेल्ने क्रममा साइमण्डसले अष्ट्रेलियाका लागि ५० ओभरको क्रिकेट विश्वकपसँगै सन् २००६–०७ मा इङल्याण्ड विरुद्ध प्रतिष्ठित एशेज सिरिज पनि जितेका थिए ।

स्मरणीय छ, यस वर्ष अष्ट्रेलियाले गुमाएको साइमण्डस तेस्रो चर्चित क्रिकेटर समेत ह्न । यसअघि अष्ट्रेलियाले यसै बर्ष पूर्व विकेटकिपर रोड मार्स र लिजेण्डरी बलर शेन वार्नलाई गुमाएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...