भारतीय टोलीका ८ सदस्यमा कोरोना संक्रमण

काठमाडौं (एजेन्सी) । वेस्ट इण्डिज विरुद्ध ६ फेब्रुअरीदेखि शुरु हुन गईरहेको एकदिवसीय सिरिज अघि भारतीय क्रिकेट टोलीलाई ठूलो झट्का लागेको छ । रिपोर्टअनुसार भारतीय टोलीका ८ सदस्यहरुमा कोरोना संक्रमण देखिएको छ । जसमा शिखर धवन, ऋतुराज गैयकवाड र श्रेयस अयरको नाम पनि सामेल छ ।

तत्कालका लागि भारतका सबै खेलाडीहरु आइसोलेसनमा छन् । र, उनीहरुलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को मेडिकल स्टाफहरुले आफ्नो निगरानीमा राखेका छन् । रिपोर्टअनुसार बीसीसीआईले छिटै ती खेलाडीहरुको स्थानमा अन्य खेलाडीहरुलाई सामेल गर्ने निर्णय छिटै लिन सक्ने बताइएको छ ।

स्मरण रहोस, भारतीय क्रिकेट टोली हाल अहमदाबादमा छ । जहाँ वेस्ट इण्डिज विरुद्ध ६ फेब्रुअरीमा पहिलो एकदिवसीय म्याच शुरु हुँदैछ । जुन खेल नरेन्द्र मोदी स्टेडियममा हुने तय भईसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...