आइपिएलमा सफलतम चेन्नई

काठमाडौं (एजेन्सी) । विश्व चर्चित फ्रेन्चाईज क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि सर्वाधिक पाँच पटक मुम्बई इण्डियन्सले जिते तापनि सफलतम क्लबको छवि भने चेन्नई सुपर किंग्सले बनाएको छ ।

चेन्नईले शुक्रबार राती दुबईमा सम्पन्न आइपिएलको चौधौं संस्करणमा कोलकाता नाईट राईडर्सलाई २७ रनले हराउँदै चौथोपटक आइपिएल उपाधि जित्न सफल भयो । तर सर्वाधिक सफल यो मानेमा कि चेन्नईले आइपिएलको इतिहास मै सर्वाधिक बढी फाइनल खेलेको छ ।

चेन्नईले आइपिएलको इतिहासमा सर्वाधिक ९ फाइनल खेलेको छ । जसमध्ये ४ मा विजेता बनेको छ भने पाँच फाइनलमा पराजित हुँदै उपविजेतामा चित्त बुझाएको छ । चेन्नईले यसअघि सन् २०१०, २०११ र २०१८ मा आइपिएलको उपाधि जितेको थियो भने सन् २००८, २०१२, २०१३, २०१५ र २०१९ मा फाइनल खेलेको थियो ।

दुबईमा त्यो रोमाञ्चक जित

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा शुक्रबार भएको रोमाञ्चक फाइनलमा चेन्नईले टस हार्दै पहिलो ब्याटिङको निम्तो पाएको थियो । जसलाई सही रुपमा सदुपयोग गर्दै चेन्नाईले निर्धारि २० ओभरमा ३ विकेट गुमाएर १९२ रनको विशाल योगफल तयार पारेको थियो ।

चेन्नईका लागि ओपनर फाफ डु प्लेसिसले ५९ बलमा आक्रमक ८६ रन बनाउनु निर्णायक बन्यो । डु प्लेसिस फाइनल खेलको प्लेयर अफ द म्याच समेत चुनिएका थिए ।

जवाफी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि ओपनयर शुभमान गिलले ५१ तथा वेंकटेश आयरले ५० रन बनाउनु बाहेक अन्य कुनै व्याटसम्यानले गतिलो पारी खेल्न नसक्दा टोली निराश बन्न पुग्यो ।

हर्षल पटेल बने बेस्ट

आइपिएलको १४औं संस्करणमा रोयल च्यालेन्जर्स बैंगलोरका हर्षल पटेल सर्वोत्कृष्ट खेलाडी चुनिए । अर्थात उनी म्यान अफ द सिरिज बने । सिजनभरि ५९ रन ३२ विकेट लिएका पटेल त्यसको हकदार बने । ड्रिम ११ गेमचेन्जर अफ द सिजन समेत बनेका पटेलले १० लाख भारतीय रुपैयाँ पनि हात पारे ।

सर्वाधिक रन भने चेन्नईका रुतुराज गैकवाडले बनाएका थिए । उनले सिजनभरि कुल ६३५ रन बनाए । उनी सिजन कै इमर्जिङ प्लेयर अफ समेत घोषित भए । त्यसवापत उनले १० लाख भारतीय रुपैया समेत हात पारे ।

 


प्रतिक्रिया दिनुहोस

Loading...