स्टेनद्वारा क्रिकेटको सबै प्रारुपबाट सन्यास

एजेन्सी । दक्षिण अफ्रिकाका लिजेण्डरी बलर डेल स्टेनले मंगलबार क्रिकेटको सबै प्रारुपबाट सन्यासको घोषणा गरेका छन् । पछिल्लो समय यता फिटनेस समस्याबाट जुधिरहेका ३८ बर्षिय स्टेनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फन सन्यासको घोषणा गरेका हुन् ।

स्मरण रहोस, व्यवसायीक रुपमा स्टेनले अन्तिमपटक यसै बर्ष पाकिस्तान सुपर लिग (पिएसएल) मा क्वेटा ग्लेडिएटर्सका लागि खेलेका थिए । दक्षिण अफ्रिकाका लागि ९३ टेष्ट, १२५ एकदिवसीय म्याच तथा ४७ अन्तर्राष्ट्रिय टि–२० म्याच खेलेका स्टेनले क्रमशः टेष्टमा ४३९, एकदिवसीयमा १९६ र टि–२० मा ६४ विकेट हात पारेका थिए ।

साथै स्टेन दक्षिण अफ्रिकको टेष्ट क्रिकेटको इतिहासमा सर्वाधिक टेष्ट विकेट लिने खेलाडी समेत हुन् । त्यति मात्र नभएर टेष्ट वरियतामा सबैभन्दा लामो समय एक नम्बरमा रहने स्टेन एक मात्र क्रिकेटर समेत हुन् । उनी सन् २००८ देखि २०१४ सम्म करि ६ बर्ष आइसीसीको टेष्ट बलर वरियतामा नम्बर एक स्थानमा रहेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...