एजेन्सी । इङल्याण्डको राष्ट्रिय क्रिकेट टोलीले आगामी बर्षको फ्ेब्रुअरीमा भारतको भ्रमण गर्दा त्यो भ्रमण इङलिस क्रिकेट टोलीका लागि विशेष हुने भएको छ ।
रिपोर्टअनुसार इङल्याण्डले पहिलोपटक डे–नाईट (दिवा–रात्री) टेष्ट क्रिकेट खेल्नेछ । स्मरण रहोस, इङल्याण्डले भारतमा चार टेष्ट, पाँच अन्तर्राष्ट्रिय टि–२० र तीन एकदिवसीय सिरिज खेल्ने पक्का भएको छ ।
जसअन्तरगत इङल्याण्डले २४ देखि २८ फेब्रुअरीसम्म अहमदाबादमा हुने तेस्रो टेष्ट म्याच दिवारात्री म्याचका रुपमा खेल्नेछ । यद्यपि यी दुई टोलीबीच पहिलो टेष्ट भने ५ देखि ९ फेब्रुअरीसम्म चेन्नईमा हुनेछ । चेन्नईमा शुरुवाती दुई टेष्ट म्याचहरु हुनेछन् भने अन्तिम दुई टेष्ट म्याच अहमदाबादमा हुनेछन् ।
🚨 #INDvENG schedule announced 🚨
🔹 Four #WTC21 Tests: 5 February ➜ 8 March
🔹 Five T20Is: 12 March ➜ 20 March
🔹 Three CWC Super League ODIs: 23 March ➜ 28 MarchAre you ready? 😍 pic.twitter.com/7m0rWPsTBC
— ICC (@ICC) December 10, 2020
सिरिज युएईमा हुने सम्भावना थियो
रिपोर्टअनुसार यसअघि इङल्याण्डको भारत भ्रमण युएईमा हुन सक्ने समेत बताइएको थियो । हाल भारतमा कोरोना महामारीको त्रासका कारण सिरिज हुने स्थान सारिन सक्ने सम्भावना थियो । यद्यपि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सो भ्रमणमा सम्बन्धित खेलाडी तथा अफिसियलहरुलाई त्यस्तो कुनै पनि किसिमको समस्या हुन नदिने बताएको छ ।
भारतीय भूमिमा कोरोना महामारी पछिको यो पहिलो सिरिज समेत हुनेछ । स्मरणीय छ, गत सोमबार मात्र कोरोना भाइरस संक्रमणमा बृद्धि भएकै कारण इङल्याण्ड र दक्षिण अफ्रिकाबीचको एकदिवसीय सिरिज स्थगित गरिएको थियो ।
यस्तो छ सिरिज तालीकाः
टेष्टः
पहिलो टेष्ट (५–९ फेब्रुअरी), एमए चिदम्बरम स्टेडियम, चेन्नई
दोस्रो टेष्ट (१३–१७) फेब्रुअरी, एमए चिदम्बरम स्टेडियम, चेन्नई
तेस्रो टेष्ट (२४–२८ फेब्रुअरी), सरदार पटेल स्टेडियम, अहमदाबाद
चौथो टेष्ट (४–८ मार्च), सरदार पटेल स्टेडियम, अहमदाबाद
टि–२० सिरिजः
१२ मार्चः सरदार पटेल स्टेडियम, अहमदाबाद
१४ मार्चः सरदार पटेल स्टेडियम, अहमदाबाद
१६ मार्चः सरदार पटेल स्टेडियम, अहमदाबाद
१८ मार्चः सरदार पटेल स्टेडियम, अहमदाबाद
२० मार्चः सरदार पटेल स्टेडियम, अहमदाबाद
एकदिवसीय सिरिजः