अफ्रिदीले विपक्षी खेलाडीलाई भने “तिमी नजन्मिदै शतक बनाएको छु”

एजेन्सी । श्रीलंकामा जारी लंका प्रिमियर लिग (एलपिएल) अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितातर्फ पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी विपक्षी खेलाडीमाथि आक्रोशित भएको खबर अहिले चर्चामा छ ।

सोमबार भएको एलपिएलतर्फ अफ्रिीको टिम गाले ग्लेटिएटरले केन्डी टस्कर्ससँग २५ रनको हार बेहोरेको थियो । खेलमा टस्कर्सले ५ विकेटको क्षतिमा १९६ रन बनाएको थियो । उता ग्लेटिएटरले ७ विकेटको क्षतिमा १७१ रन मात्र बनाउन सकेको थियो ।

खेलमा अफ्रिदीले कुनै रन नबनाई आउट भएका थिए । हारका कारण तनावमा देखिएका अफ्रिदी अफगानिस्तानी बलर नविन उल हकलाई भपार्न समेत पुगे । अफ्रिदीले उल हकलाई भने “बाबु तिमी नजन्मिदै मैले अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाइसकेको छु ।”

स्रोतका अनुसार, उल हक पहिले अफ्रिदी कै टोलीका अर्का पाकिस्तानी बलर मोहमद आमिरसँग बाझिन पुगेका थिए । जुन विवादलाई अफ्रिदीले देखेको बताइन्छ । सोही बिषयमा खेल पश्चात् अफ्रिदीले उल हकलाई शतकको चर्चा गर्दै झपारेको हुन सक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...