भारत–पाकिस्तान सिरिजको पक्षमा आइसीसी

आइसीसीका नयाँ अध्यक्ष ग्रेग जोन बार्कले ।

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का नयाँ अध्यक्ष ग्रेग जोन बार्कलेले आफू भारत–पाकिस्तान क्रिकेट सिरिजको पक्षमा रहेको बताएका छन् । यद्यपि उनले यी दुई देशबीच हुने सिरिजबारे आफूले ग्यारेन्टी भने दिन नसक्ने बताएका छन् ।

बार्कलेका अनुसार भारत–पाकिस्तानबीचको क्रिकेट सिरिजबारे यदि दुवै देशले इच्छा व्यक्त गरे, त्यो भन्दा खुशीको कुरा अरु केही हुन नसक्ने धारणा समेत राखे । यद्यपि त्यसका लागि दुई देशबीचको राजनीतिक र अन्य किचलो पनि सामान्य हुनुपर्ने उनको बुझाई थियो ।

बार्कले भन्छन्, हामी दुवै देशलाई हरसम्भव समर्थन गर्न तयार छौं । हामी चाहन्छौं, यी दुई देशबीच द्विपक्षीय क्रिकेट सिरिज शुरु होस र दुवै देशको टोली एक अर्काको देशमा गएर क्रिकेट सिरिज खेलोस् ।

पछिल्लो १३ बर्षदेखि दुई देशबीच एउटै टेष्ट खेलिएको छैन

भारत–पाकिस्तानबीचको क्रिकेटलाई प्रत्यक्ष रुपमा राजनीतिक कुराले पनि असर गरिरहेको कुरा विश्व क्रिकेट जगत सामू छर्लङ छ । यी दुई देशबीच पछिल्लो १३ बर्षदेखि कुनै टेष्ट सिरिज खेलिएको छैन । स्मरण रहोस, अन्तिमपटक सन् २००७ मा पाकिस्तानले तीन टेष्ट म्याचको सिरिज खेल्न भारतको भ्रमण गरेको थियो ।

त्यस्तै भारतले १४ बर्षअघि पाकिस्तान भ्रमण गरेको थियो । सन् २०१२ मा पाकिस्तानले भारतको भ्रमण गर्दा सानो एकदिवसीय सिरिजय र सोही बर्ष टि–२० सिरिज खेलिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...