एजेन्सी । अष्ट्रृेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिज गुमाउन पुगेको छ । सिड्नीमा सम्पन्न दोस्रो एकदिवसीयमा ५१ रनले पराजित हुन पुगेपछि भारतले घरेलु टोलीसँग सिरिज गुमाउन पुगेको हो ।
सिड्नी क्रिकेट ग्राउण्डमा भएको खेलमा अष्ट्रेलियाले टस जित्दै पहिले ब्याटिङ रोजेको थियो । घरेलु टोलीको माथिल्लो क्रमका ब्याटसम्यानहरु शानदार रुपमा जमेपछि अष्ट्रेलियाले भारत विरुद्ध ५० ओभरमा ४ विकेट गुमाएर ३८९ रनको योगफल तयार पारेको थियो । एकदिवसीय क्रिकेटमा भारत विरुद्ध अष्ट्रेलियाको यो सबैभन्दा ठूलो योगफल समेत थियो ।
Pat Cummins effectively shuts the door on India with wickets of Jadeja and Pandya on consecutive deliverieshttps://t.co/EAGO7ZESsk #AUSvIND pic.twitter.com/e2C2ecKlMW
— ESPNcricinfo (@ESPNcricinfo) November 29, 2020
अष्ट्रेलियाको पारीमा प्लेयर अफ द म्याच समेत घोषित स्टिभ स्मिथले शतकीय पारी खेले । १०४ रन बनाएका उनले २ छक्का र १४ चौका प्रहार गरे । स्मिथले पहिलो एकदिवसीयमा पनि शतक बनाएका थिए । त्यस्तै ओपनरद्वय डेविड वार्नरले ८३ र आरोन फिन्चले ६० रनको योगदान दिए । त्यतिमात्र नभएर मार्नुस लेबुसचाग्नेले ७० रन बनाए भने ग्लेन म्याक्सवेल ६३ रनमा नाबाद रहे ।
बलिङतर्फ भारतका सबै बलरहरु खर्चिलो देखिए । मोहमद सामीले ७३ रन खर्चिएर एक विकेट लिए भने जसप्रित बुमराहले ७९ रन खर्चेर १ विकेट हात पारे । त्यस्तै हार्दिक पाण्डयाले २४ रन खर्चेर एक विकेट आफ्नो नाममा लेखाए ।
भारतीय पारी
जवाफी लक्ष्य पछ्याएको भारतको ब्याटिङ लाईन फेरि असफल देखियो । र, निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३८ रन मात्र बनाउन सक्यो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८९ रन बनाए । त्यस्तै केएल राहुलले ७६ रन बनाउनु बाहेक अन्य भारतीय ब्याटसम्यानहरु खासै जम्न सकेनन् ।
India have now lost their last five ODIs 👀#AUSvIND
— ESPNcricinfo (@ESPNcricinfo) November 29, 2020
बलिङतर्फ अष्ट्रेलियाका लागि पेट कुमिन्सले सर्वाधिक ३ विकेट लिए भने जोश हेजलवुड र एडम जम्पाले समान २–२ विकेट हात पारे । त्यस्तै मोइसेस हेनरिक्स र ग्लेन म्याक्सवेलले १–१ विकेट आफ्नो नाममा लेखाए ।
पछिल्ला पाँच एकदिवसीयमा लगातार हार बेहोरेको भारत अब तेस्रो एकदिवसीयमा जितको खोजीमा हुनेछ । आइतबारको हारसँगै भारतले तीन म्याचको सिरिज २–० गुमाइसकेको छ । तेस्रो एकदिवसीय सिड्नी मै आउँदो बुधबार हुनेछ । जुन भारतका लागि प्रतिष्ठाको भिडन्त पनि बन्नेछ ।