काठमाडौं (एजेन्सी) । क्यारिबियन प्रिमियर लिग अन्तर्राष्ट्रिय टि–२० प्रतियोगिताको आठौं संस्करणमा जमैका तलवाजबाट खेलिरहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले लिगमा विजयी शुरुवात गरेका छन् ।
अर्थात जमैकाले आफ्नो पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको यात्रा शुरु गरेको हो । बुधबार राती सम्पन्न आफ्नो पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जुक्सलाई ५ विकेटले हरायो ।
टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको जमैकाले जुक्सलाई निर्धारित २० ओभरमा १५७ रन मात्र बनाउन दियो । खेलमा सन्दिपले पनि एक विकेट लिएका थिए ।
Asif Ali finishes it of in style. The Tallawahs win by 5 wickets💪🇯🇲
–#CPLT20 #TeamTallawahs#BiggestPartyInSports#CricketPlayedLouder #crickbuster #FiWiTallawahs pic.twitter.com/Kpnfe7q7Km— Jamaica Tallawahs (@JAMTallawahs) August 19, 2020
उता जवाफी लक्ष्य पछ्याएको जमैकाले १८.५ ओभरमा पाँच विकेट गुमाएर १६० रन बनाउँदै जित हात पारेको थियो । खेलमा जमैकाका लागि २७ बलमा नटआउट ४७ रनको योगदान दिएका आसिफ अली म्यान अफ द म्याच घोषित भए ।
जमैकाले बिहीबार नै आफ्नो दोस्रो खेल ट्रिनबागो नाइट राईडर्ससँग खेल्दैछ । आजको खेलमा पनि सन्दिपले पहिलो रोजाई मै अवसर पाउने सम्भावना बलियो छ ।