अष्ट्रेलियाले इङल्याण्डको भ्रमण गर्ने पक्का

एजेन्सी । अष्ट्रेलियन क्रिकेट टोलीले अर्को महिना इङल्याण्ड क्रिकेट टिमसँग सिरिज खेल्ने पक्का भएको छ । यो कुराको पुष्टी इङल्याण्ड एण्ड वेल्स क्रिकेटले आधिकारिक रुपमा पुष्टी गरेको छ ।

खबरअनुसार अष्ट्रेलियाले इङङल्याण्डसँग तीन अन्तर्राष्ट्रिय टि–२० म्याच र तीन एकदिवसीय म्याच खेल्नेछ । टि–२० सिरिज सेप्टेम्बर ४ देखि साउथह्याम्पटनमा हुनेछ भने ११ सेप्टेम्बरदेखि ओल्ड ट्राफोर्ड (म्यानचेष्टर) मा एकदिवसीय सिरिज हुन बताइएको छ ।

स्मरण रहोस, अष्ट्रृेलियन क्रिकेट टोलीको यो भ्रमण खासगरी जुलाईमा हुने बताइएको थियो । तर, हाल महामारीका रुपमा लिएको कोभिड–१९ का कारण निर्धारित समयमै यो सिरिज हुन सकेको थिएन । रिपोर्टअनुसार अष्ट्रेलियन क्रिकेट टोली २४ अगस्तका दिन इङल्याण्ड आइपुग्ने बताइएको छ ।

यस्तो छ खेलतालिकाःः
पहिलो टि–२० म्याचः ४ सेप्टेम्बर शुक्रबार, साउथह्याम्पटन
दोस्रो टि–२० म्याचः ६ सेप्टेम्बर आइतबार, साउथह्याम्पटन
तेस्रो टि–२० म्याचः ८ सेप्टेम्बर मंगलबार, साउथह्याम्पटन

पहिलो एकदिवसीय म्याचः ११ सेप्टेम्बर शुक्रबार, म्यानचेष्टर
दोस्रो एकदिवसीय म्याचः १३ सेप्टेम्बर आइतबार
तेस्रो एकदिवसीय म्याचः १६ सेप्टेम्बर बुधबार


प्रतिक्रिया दिनुहोस

Loading...