कप्तान रुटले पहिलो टेष्ट गुमाउने

एजेन्सी । इङलिस क्रिकेट टोलीका कप्तान जोए रुटले वेस्ट इण्डिज विरुद्ध हुने पहिलो टेष्ट म्याच गुमाउने भएका छन् । बीबीसीका अनुसार रुटलाई दोस्रो सन्तान लाभ भएपछि उनले जुलाई ८ देखि शुरु हुन गईरहेको पहिलो टेष्ट म्याच गुमाउने भएका हुन् ।

सिरिज भरि कुनै पनि खेलाडीलाई बाहिरी सम्पर्कमा बस्न नदिने निर्णय भएसँगै रुटले परिवारसँग समय बिताउनु पर्ने भएकोले उनको उपस्थिति अनिश्चित बनेको थियो । स्रोतका अनुसार रुटको स्थानमा इङल्याण्डको कप्तानी अलराउण्डर बेन स्टोक्सले गर्ने छन् ।

उता रुटले पनि स्टोक्सको क्षमताबारे खुलेर प्रश्रसा गरेका छन् । साथै उनले स्टोक्सलाई प्राकृतिक रुपमै नेतृत्व प्रदान गर्ने एक कुशल नेतृत्वकर्ताको रुपमा परिभाषित समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...